इलामको माइ नगरपालिकामा युवा सशक्तिकरणको कोरोना सचेतना हेल्पडस्क

  • सोम घिमिरे


माइ, ४ जेठः दक्षिणी इलामको माइ नगरपालिका प्रवेश गर्ने मुख्य नाकामा युवा सशक्तीकरण संजालले कोरोना भाइरसको जोखिमको विषयमा हेल्पडस्क स्थापना गरेको छ । 

हेल्पडेस्कमा माइनगरपालिका प्रवेश गर्नेलाई कोरोना भाइरस सम्वन्धी सचेतना गराइने गरेको छ । साथै संजालले माक्स वितारण गरेको र  अनावश्यक हिड्डुल गर्ने लाई प्रवेशमा रोक्ने गरेको संजालका अध्यक्ष दिपेन्द्र सुब्बाले  जानकारी गराए । उनले कोरोना भाइरसबाट  वचन  गरिने उपायबारे पालिकाका दस वटा वडामा जनचेतना  मुलुक सूचना प्रचारप्रसार  गरेको पनि बताए ।

सो हेल्प्डेस्क सञ्चालन गरेपछि   माइ नगर पालिकामा जोखिम न्यूनिकण गर्न संजालको अभियान प्रभावकारी भएको स्थानीय को ठहर छ ।अभियानमा आवश्यक मास्क र सेनिटाइजर स्थानीय स्वास्थ सथाले उपलब्ध गरेको अध्यक्ष सुब्बाले वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment