आज इलाममा ११ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु


इलाम, ४ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ११ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकाका ५ जना पुरुष २ जना महिला,  सूर्योदय नगरपालिकाका १ महिला २ पुरुष र चुलाचुली गाउँपालिकाका १ महिला  रहेका छन् ।

इलाममा हाल सम्म ३६२ जनामा कोरोना सक्रमण भएको छ । सवै भन्दा धेरै कोरोना संक्रमण इलाम नगरपालिकामा भएको छ इलाम नगरपालिकामा ८८ महिला र ११६ पुरुष गरेर २०४ जना संक्रमित रहेका छन् । अहिले सम्म इलामको एक स्थानीय तह सन्दकपुर गाउँपालिका कोरोना कहरबाट सुरक्षित रहेको छ । 

संक्रमणका कारण इलाममा थप तीनको मृत्यु

कोरोना संक्रमणको कारण इलाममा आज तीन एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ७ का ७३ वर्षिय पुरुष, इलाम नगरापालिका ७ कै एक जना पुरुष र सूर्योदय नगरपालिका ६ का एक जना पुरुष रहेका छन् ।  इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ७ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका २ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा  ३६२ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ३३ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment