इलामको माई नगरापालिकामा नगरप्रमुख सहित स्वास्थ्यकर्मीको टोली संक्रमितको घरघरमा


इलाम, ६ जेठः देशैभरी कोरोनाको दोस्रो लहर चलिरहेको वेला इलममा पनि ४१९ जना कोरोना संक्रमित भई सकेका छन् । संक्रमित मध्ये १४ जनाको मृत्यु पनि भएको भने अहिले सम्म ४५ जनाले कोरोनालाई जीतर स्वास्थ्य लाभ पनि गरी सकेकाछन् । 

यसरी कोरोना संक्रमित भएको इलामको माइ नगरपालिकाले भने नगरप्रमुख कै सकृयातामा संक्रमितको घर घर सम्म पुगेर स्वास्थ्य स्थीतिको जानकारी र उपचार गरिरहेको छ । नगरप्रमुख सहित स्वास्थ्य संयोजक पुष्कर कट्टेल र डा. रामकृष्ण आचार्यको टोली संक्रमितको घरघरमा पुगेर उपचार गरिरहेका छन् ।

 


टोलीमा सहभागी आचार्यका अनुसार उनीहरु संक्रमितको घर सम्म गएर हौसला वढाउने र स्वास्थ्य अवस्था बुझेर औषधी वितरण गर्ने गरीएको छ । माई नगरपालिकामा हाल सम्म २६ जना कोरोना संक्रमित भएका छन् । जस मध्ये  १ जनाले कोरोनालाई जीतेर स्वास्थ्य लाभ गरी सकेका छन् भने २५ जना होम आइसोलेसनमा रहेको आचार्यले जानकारी गराए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment