प्रदेश १ मा थप ६ सय ७३ जनामा कोरोना पुष्टि



विराटनगर । प्रदेश १ मा विहीबार ६७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीय तह नखुलेका २–२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीय तह नखुलेका ६, झापाको कमल गाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीय तह नखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी धनकुटाको शहीदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीय तह नखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, इलामको माइजोगमाईमा १०, इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको मिक्लाजुङमा ७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । ६ जेठमा २१९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ ।

प्रदेश १ मा विहिवार १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment