स्वजीवीकाकालागि युवाहरु यो देशमा रहुन पर्छ

  • प्रा डा. नृसिह खत्री  


विश्वग्रामी वर्तमान परिवशमा आखिर सवै ठीकठाक छ । कोभिड नोभिड विश्वकालागि हो मेरो लागि मात्र होइन । लक डाउन सवैकालागि हो । पानी, हावा, घाम सवैकालागि हो । अनि साथ हात र सहयोग मिलेकोनै छ भने किन मिहीनेत नगर्ने ? अमेरिका, अष्ट्रलिया, जापान तथा युरोपमा नेपालीकालागि धेरै कडा नियम छ भने त्यसकालागि राजनीतिक हिसावले पहिलो त त्यो देशको माटो उनीहरुको देशमा रहेका जनताकालागि हो भन्ने बुझौ । दोश्रो हामी धेरै मिहीनेत गर्ने अनुशासित भएर वस्ने काम गर्ने, इमान्दार तथा सोझो हुने विदेशमा हो । नेपालमा आपनो देशमा चाहि कमै हुने हो । विदेशमा मस्तिको जात नकमाउने नेपालीको हो रे कमाउने वैगाली हो रे भन्ने पनि छ  भनिन्छ । त्यसो भएपछि उनीहरुले आपनो देशको मानिसलाई छोडेर हामी नेपालीलाई किन माया गर्ने ? किन स्थान दिन्छन । तर पनि दिएकाछन नेपालीलाई धेरै  माया गरेका छन । 

मेरा भाई युवराजले भन्दछन कि किन ७० हज्जार पर्ने मोवाइल निरक्षर नेपालीले चलाउदछन ? किन सधै एउटै बाटोमामात्र मर्मत सम्हारका लागि वजेट खर्च हुन्छ ? बाटो कतिबर्षसम्म काम दिन्छ भन्ने पनि योजनामा मूल्याङ्कनको सिस्टम छ ? साधी रहन्छन म मौन रहने गर्दछु ।

अस्तिका दिन मात्र सि के लालको कान्तिपुरमा लेख पढदा पाइयो कि “नेपालमा रहेका पार्टी भनेको पहाडिया वाहुनहरुको पार्टी, जसलाई कुनै कसैले इन्क।र विमति राख्न पाउने हक छैन रे । दोश्रो उनले भनेकाछन कि शासन व्यबस्था पहाडिया हिन्दूवादी जातीय नश्लका व्यक्तिहरुको प्रभाव र हाली मुहाली छ रे । अनि कथित मधेशले विद्रोह र आन्दोलनको बढी मूल्य तिर्नु परेको छ रे  । मैले वी पी कोइरालाले जेल जर्नलमा लेखेको पढेको थिएकि “वाहुनको दर्पले यो नेपाल हिन्दूस्थान धेरै पीडित रहेको छ” । यी सोच बिचारहरु कालजयी त छैनन तर सामाजिक र समाजशास्त्रीय सोच विचार भने अबश्यनै हुन । हालसम्म समाज संरचनाको विराशतको संप्राप्तिको हिसावले भनेको कुरा धेरै हदमा सत्य र ठीकै छन । 

क्रेपरिवार भन्दैमा एउटा परिवारले वसाएको, वनाएको घरमा अर्को परिवारको सदश्यले गएर विना रोकटोक वस्न, चयन गर्न भोग चलन गर्न पाउदछ ? के त्यहाँ केही वाधा अवरोध सिमा वा छेकवार विभाजनको शर्त हुदैनन ? परिवार समाजको मान्यताका हिसावले बन्धन वा शर्त आवश्यक हुन्छन कि हुदैनन ? त्यसो भए यी जो तर्क सोच आइरहेको छन, तिनीहरुले नेपाली समाजलाई जोडनेकि तोडने के गर्लान ?राजनीतिले यहाबाट सिमाना छुछिटन्छ भन्ने र ज्ञान मार्गी सन्तहरले यहा जोडिदो रहेछ भन्ने मान्यता राख्ने गर्दछन ।  

नेपाल तथा नेपालीका पुर्खाहरुले नेपाल बनाउन, जोगाउन धेरैबर्ष रगत पसिना तथा स्वाभीमानलाई समर्पित गरे । विश्वमानै प्राचीन जातिहरुका पुर्खाले मिहीनेत, परिश्रम र वलिदानले जोडेको वचाई दिएको देश नेपाल हो । यी सवै काम तथा कुराहरुले यो नेपाललाई अव जोगाउने काम हामी आम नेपालीहरुको हो । केही ठीक केही वेठीकपनि होला । तर हामीले क्रिटीकल एप्रोचले समाजलाई हेर्न आवश्यक रहन्छ । समाजमा घटेको भएको सवै घटनाहरुलाई त्यसरीनै हेर्न पर्दछ । हामी खरावनै भएपनि कानुन र सरकारलाई मान्यता गर्दछौ । विधि, नीतिमा चल्दद्धौ । आपनो देशको इतिहासमा गर्वपनि गर्दछौ र समाज, संस्कृति र राष्ट्रलाई माया र सम्मान गर्दछौ । एक व्यक्ति, नेता, दलले चाहदैमा सरक्कै त्यसलाई उल्टाउन पनि सक्देनौ । यसकालागि दीगो तरिकाले नीति, विधी, चाल, चलन चरित्रमा दीगो तरिकाले हामीले सोच विचार तथा व्यबाहार गर्न पर्दछ, जो हामी गर्ने संस्कार बसाल्ने छौ । 

नेपाल देश नेपालीहरुको हो । हिन्दूस्थानको भन्दा हाल धेरै माथि हाम्रो आय स्तर, आयु र पूर्वाधार बढेको देखिएको छ । वेभसाईडमा यूएन डिपिको रिपोर्ट २०२० मा हेर्दा नेपालीको आयमा ४१९८ डलर भएको अनि सरदर आयु ७०ं ८ वर्ष भएको, (www.hrd.undp.org/sites/nepal लैङ्गिक सुरक्षा बढेको भन्ने पाउदा जान्नेलाई खुशीनै लाग्दछ । सरकारलेपनि नेपाल कम विकसितबाट मध्यम आय भएको राष्ट्रमा प्रवेश गरेको भन्ने केही अगाडि सरकारले भनेको तथ्य सत्य हो नै देखिन्छ । 

अव वर्तमान सरकारमा रहनु भएका हाम्रा प्रधान मन्त्री, सज्जन, भद्र तथा नीतिमा विधिमा चल्ने भै दिनुहोस भन्ने हाम्रो चाहना सदभावना हो । राष्ट्रपतिज्यू राष्ट्रको, आम नेपाली तथा नेपालीको अभिभावक हुनुहोस भन्नेपनि हाम्रो चाहना हो । ठूलो प्रतिपक्ष दल र साना प्रतिपक्षदलहरु पनि त्यसैगरी मिलेर सत्य असत्य ठीक वेठीकका आधारमा यो देशमा मिलेर काम गरी दिउन भन्ने पनि हाम्रो सदभावना हो । हामीले केहीकेही काम त्यसरीनै गरेको हाम्रो अनुभव अहिलेपनि कायम रहेको छ  । बीचको बाटो मध्यमार्गनै सफलताको आधार हो भनी भगवान बुध्दले भनेका छन । हामी खतिवाद, अतिबादमा भने बिश्वास गर्दैनौ र यसमा हाम्रो समर्थन तथा विश्वासपनि छैन । 

हिसावमा पनि स्टायान्डर डेभिएशनमा मध्यमानलाई सुवर्णमान भनीन्छ । त्यसलाई थामेर वँचाएर वतृमानको संविधान र राज्य व्यवस्थालाई अगाडि लैजानपनि सकिन्छ । 

हे गाँउघरमा खेत वारीहरु वाँझो देखिएका छन । डोजरे विकास अन्धाधुन्द र विना योजना भएको छ । संयुक्त राष्ट सघीय विकास संस्था यु एन डी पी को २०२० को विकासको प्रतिवेदनमा  नेपालको स्तर हेर्दा सवैभन्दा कम नम्वर वातावरणीय दीगोपना तथा सुरक्षामा पाएको देखिन्छ । अनि भ्रष्टाचार धेरै बढीरहेको, नरोकिएको देखिन्छ । अख्तियार दुरुपयोग निवारण आयोग प्रतिपक्षलाई धमक्याउने निकाय भयो भन्ने सुनिन्छ भने न्यायलयमा धेरै वेथिति र सेटिङ्गबाट काम हुने गरेकोले न्याय मरिरहेको छ भन्ने पनि गुनाशो आइरहेको सुनिन्छ । हे कि यो भ्रष्टाचार रोक्ने, योजनावध्द दीगो विकास गर्ने, युवाहरुले गाँउमा रहेका खेत वारीमा कामगरी विदेशमा रहदा जानेको सिकेको शीप लगाएर काम गर्ने, भ्रष्टाचार अनैतिकताको जमेर विरोध गर्ने, विधि नीति मिचेर काम गर्ने शैलीको विरोध गरी सदाचारलाई प्रोत्साहन दिने, समर्थन गर्ने हो भने अवको नेपालले शान्ति र विकासमा गति लिन सकने आशा जगाउँदछ । 

बावु आमा वा गुरु वावा भन्दैमा अन्याय अत्याचार तथा व्यभिचार सहदै स्वीकार गर्दै भागेर हिडयो भने ओराली लागेको मृगलाई बाच्छाले पनि लखेटदछ जस्तो हुन जान्छ ।  त्यसले दाश बन्ने प्रवृत्ति बढाउदछ । त्यसले स्वतन्त्रता, समानता, वन्धुत्व अनि राष्ट्रियता बढाउदैन । त्यसैकारणले हामीले अहिले पनि विश्वको इतिहासमा युरोपको सत्रौ, अठाह्रौ शताव्दिका घटनाहरुलाई महान तथा अद्वितीय घटना भनेर जान्ने मान्ने गरेका छौ । हामी जति महान भयौ, त्यति नै मिहीन हुन जान्न सिक्नु पर्दछ । गान्धी शान्तिवादी थिए । अनी आफै चर्खा काटदथे, अनि वाख्रो चराउँदथे । उनले महान भएर पनि मिहीनताको अभ्यास गरेको थिए । तर उनलाईृ गोडसे प्रवृत्तिले समाप्त गर्यौ, जो प्राकृतिक थिएन । हामीेले अप्राकृतिक गठवन्धन, गति, विकास तथा उन्नतिपनि चाहेको होइन । हामीेले सामाजिक प्रजातन्त्र चाहेको, यो नै शोसियल डेमोक्रेशी हो जसले सवै तहमा मात्रा र सारमा समावेशिता भएको देख्न चाहान्छ । यो बर्तमानको नोपलको संविधानले प्रदान गरेको छ । 

हिन्दूस्थान यो संविधानको सफल कार्यान्वयन भएको गरेको हेर्न देख्न चाहेको छैन भन्ने उसको विगतले प्रमाणित गर्दछ । किनभने यो संविधानको लेखनी र घोषणाकालागि विगतको सशस्त्र द्वन्दका महान सहिदको वलिदान, विगतको जनआन्दोलनको भावना र मर्म यसमा समेटिएको छ भने सवै दलहरुको त्यसमापनि नेपाली काग्रेस पार्टी र उसका नेताहरुको महान योगदान रहेको छ । केलव ठूला बढाहरुले यो संविधान मिच्न, थिच्न, किच्न अनि त्यसलाई तहश नहश गर्न भने पाइदैन । 

झिल्कोले मुढो र मुढाले वन डढाउदछ । उपराष्ट्रपति परमानन्दजीले हठवादी हुँदा राज्यले निकै मोल तिर्नु परेको थियो । वर्तमानमा पी एमले पनि कतै त्यही गर्नु पर्ने स्थिति नआवस भनी आम युवाहरुले भन्ने गर्नु र दवाव दिन पनि युवाहरु यो देशमानै रहन पर्ने आवश्यक देखिन्छ  जसकालागि हामीले वातावरण बनाएर राख्न सक्नु पर्दछ ।

प्रा डा. नृसिह खत्रीको फेसबुक वालबाट 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment