झापाको दमकबाट ब्राउन सुगर र नेपाली नक्कली नोटसहित एक पक्राउ


झापा । झापाको दमक नगरपालिकाका एक ब्यक्तिलाई ब्राउन सुगर र नेपाली नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राति ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

बानियाँको साथबाट ४७.५३ ग्राम ब्राउन सुगर र एउटै नोट नम्बर भएका नेपाली एक हजारका ८ वटा नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बानियालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउनेसमेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment