अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना भग्नावशेषभित्रै बेपत्ता


एजेन्सी । संयुक्त राज्य अमेरिकाकाे मायामीमा एक १२ तले भवन भत्किँदा कम्तीमा पनि ९९ जना भग्नावशेषभित्रै बेपत्ता भएका छन् ।

बिहीबार अचानक उक्त भवन भत्किँदा १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य धेरै मानिस भग्नावशेषभित्र पुरिएको ठानिएको छ ।यसरी बेपत्ता रहेकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेकाे बिबिसीले जनाएकाे छ ।

स्थानीयहरू सेप्टेम्बर ११ (सन् २००१) मा ट्विन टावर ढलेजस्तै दृश्य देखिएकाे बताएका छन् । तर साे भवन भत्किनुको कारण भने प्रस्ट भएको छैन ।  सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको बताइएकाे छ ।

घटनापछि  मायामी नगरकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १०२ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन् । उनले सहयाेग र उद्धार तथा खाेजी कार्यका लागि सङ्घीय सरकारलाइ सहयाेग गर्न अनुरोध गरेकी छन् ।

बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।

पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा परेकाे बताइएकाे छ । उद्धारकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घरेलु कामदारको अवस्था पत्ता लगाउन सकिरहेका छैनन् ।

उक्त भवन सन् १९८० मा बनेको बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment