इलाममा सदस्यको घरघरमा पुग्दै सहारा नेपाल


इलाम, ११ असारः  विश्व आक्रान्त बनेको यो परिवेशमा नेपालमा पनि कोरोना संक्रमितको संख्या उच्च दरमा वृद्धि भईरहेको अवस्था छ । यसरी नै इलाममा पनि सो अवस्था दिनानुदिन वृद्धि भईरहेको छ ।

सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र  इलामले वर्तमान कोरोना संक्रमणको दोश्रो भेरियन्टबाट संक्रमित भएका आफ्ना शेयर सदस्यहरुका घरघरसम्म पुगेर उनीहरुको वर्तमान स्वास्थ्य अवस्था बुझ्नुका साथै विरामिको मनोबल उच्च बनाउने कार्यमा अग्रसर भएर लागिरहेको छ । संस्थामा आबद्ध सदस्यहरुमा गत ०७६ श्रावण देखि कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयं सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने पनि जनाएको छ । त्यस्तै सदस्य प्रसुती भएमा, हातखुट्टा भाचिएमा, घर आगलागि भएमा, सर्पदंश वा कुकुर तथा विषालु जंगली जनावरको टोकाईबाट उपचार गर्नुपरेमा, घातक रोग लागि उपचार गर्नुपर्दा वा अप्रेशन गर्नुपर्दा समेत विभिन्न प्रकृतीका सुविधाहरु उपलब्ध गराउदै आएको  छ । 


साथै यो विषम परिस्थितीमा कार्यालयमा आउन नसक्ने सदस्यहरुलाई निजहरुको इच्छाअनुरुप सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरु बलराम दाहाल,कुल प्र. प्रसाई तथा सरस्वती कार्किले सरकारले तोकेका आवश्यक स्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालना गर्दै घरघरमा नै गएर पनि मास्क वितरण तथा सचेतना जागरण गराउँदै वैकिंग सेवा समेत उपलब्ध गराउदै आएको सेवा केन्द्र प्रमुख के.पी. लुईटेलले इलाम माइपोखरी न्युजलाई बताए ।

संस्थाको कार्यक्षेत्र मध्ये इलाम अनुगमन कार्यलय अन्तर्गत रहेका विभिन्न नौ वटा सेवा केन्द्रबाट सञ्चालित विभिन्न समूहमा आबद्ध तथा व्यक्तिगत सदस्यहरुमा कोराना संक्रमित भएका छन् भने त्यस्ता सदस्यहरुका घरमा नै पुगि अभिभावकहरु समेतलाई भेट गरि मह, काजु, किसमिस,औषधि लगायतका पौष्टिक आहार हालसम्म करिब ५० देखि ६० जना सम्मलाई निःशुल्क हस्तान्तरण गरिसकिएको छ ।

गत वर्षको कोरोना संक्रमणका वखतमा स्थानीय निकाय इलाम नगरपालिकासँग समेत समन्वय गरिएको बताउदै  संस्थाको केन्द्रिय कार्यलय झापाको चारपानेमा स्थापित अक्सिजन बैँकबाट हाललाई झापा जिल्लाभर आफ्ना सदस्यहरुलाई अक्सिजन आवश्यक परेमा सेवा केन्द्रको सिफारिसमा बिना धरौटी रिफिल वापतको सामान्य शुल्क लिएर उपलब्ध गराउन थालिसिकएको समेत इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत  तोयानाथ आचार्य बताए । यसरी कोरोना संक्रमित भएर बस्दा घरमा कोहि पनि आउने जाने नभएको अवस्थामा सहारा नेपाल साकोसका कर्मचारीहरुले आफ्ना सदस्यहरु प्रति घरमा नै आएर देखाएको यो तत्परताले गर्दा  विरामिका लागि थप आत्मबल बढाउन मद्दत पुग्ने र संस्थाका कर्मचारीहरु घरमा नै आईदिएकोमा विरामि सदस्यहरु खुशी भएर हाम्रो सहारा हाम्रो गौरव भने झैँ यस्तो अवस्थामा संस्थाको यो कदम स्वागतयोग्य रहेकोले संस्था आबद्धताको सार्थकता भएको भन्दै सदस्य तथा अभिभावकहरुले सकारात्मक प्रतिक्रिया साथ संस्थालाई धन्यबाद दिएका छन् ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment