
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३५१ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १७ सय २१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६२ हजार ०२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोनामुक्त भए, २७ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३५१ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख ७८ हजार ६४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ ।
0 comments:
Post a Comment