इलाममा कोरोना संक्रमणको कारण थप एकको मृत्यु, ६ संक्रमित थपिए


इलाम, १० असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ६ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ६ जना थपिए संगै संक्रमितको संख्या १ हजार ७ सय १२ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ४ पुरुष,  माई नगरपालिकामा २ महिला,  रहेका छन् ।

थप एकको मृत्यु

इलाममा थप एकजनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिकाका एकजना रहेका छन्  । इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४२ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ३ सय ७६ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment