विराटनगर महानरपालिकाले ५ करोड बजेटले प्रधानमन्त्री पार्क बनाउने !


विराटनगर । विराटनगर महानगरपालिकाकाले प्रधानमन्त्री पार्क बनाउनका लागि ५ करोड बजेट विनियोजन गरेको छ । बिहीबार बजेट प्रस्तुत गर्दै महानगरले ५ करोड बिनियोजन गरेको हो । सुरुमा पार्क विराटनगरमा भनिए पनि पछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामै शालिक बनाउन ५ करोड विनियोजन गरिएको छ ।

महानगरपालिकाले विराटनगरबाट प्रधानमन्त्री भएर देशको सेवा गरेका नेताहरुको शालिक राखिने जनाएको छ ।

प्रदेश एक सरकारले भने झापाको दमकमा राजनेता पार्क बनाउनका लागि एक करोड बजेट विनियोजन गरेको थियो । त्यसो त प्रदेश सरकारले चालु आर्थिक वर्षमा विराटनगरमा नै राजेनता पार्क निर्माणको थालनी गर्न एक करोड बजेट विनियोजन गरेको थियो ।

महानगरले पार्ककका नाममा प्रधानमन्त्री पार्क बनाउन पाँच करोड, विराट राजाको दरबार संरक्षणका लागि पाँच करोड छुट्याएको छ ।

यसैगरी प्रशासनिक भवन निर्माणका लागि १७ करोड, विरेन्द्र सभागृहका लागि १९ करोड ५० लाख, अन्तराष्ट्रिय सभागृहका लागि जग्गा खरिद गर्न पाँच करोड, ल्याण्डफिल्डसाइटका लागि जग्गा खरिद गर्न १० करोड विनियोजन गरेको छ ।

प्रदेश एक सरकारले भने राजनेता पार्कका लागि एक करोड बजेट विनियोजन भएको छ । स्मृति प्रतिष्ठानका तथा फाउण्डेशनतर्फ ३ करोड बजेट विनियोजन गरिएको छ । जसतर्फ रामप्रसाद राई, नारदमुनी थुलुङ, मनमोहन अधिकारी, मदन भण्डारी गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, सूर्यबहादुर थापा कृष्णप्रसाद भट्टराई, नोना कोइराला, भरतमोहन अधिकारी वालागुरु सडानन्द र योगमाया स्मृति प्रतिष्ठानका तथा फाउण्डेशन रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment