
काठमाडाैँ । मनसुन सक्रिय भएर लगातारको वर्षा भएपछि मेलम्ची नदीमा पुन पानीकाे सतह बढेकाे छ । यससँगै नदीले एक घर बगाएकाे छ ।
मेलम्ची वडा नं ११ मा रहेकाे एक घर नदीकाे कटानसँगै शनिबार बगेको हाे । स्थानीय बासी गोपाल दुलालको तीन तल्ले घर शनिबार बिहान बाढीले कटान गरेर ढालेको हो ।
२ दिनसम्म मनसुन सक्रिय रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले मेलम्ची खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।
0 comments:
Post a Comment