विराटनगरको बालसुधार गृहमा २२ कोरोना संक्रमित


विराटनगर । विराटनगर स्थित बाल सुधार गृहमा रहेका २२ जना बालकमा कोरोना संक्रमण देखिएको छ ।

५० जनाको पिसिआर परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको विराटनगर महानगरपालिकाले जानकारी दिएको छ । उमेर नपुगेका कैदिबन्दी राखीने सुधार गृहमा क्षमता भन्दा बढी राखिएको छ । ५० जनाको क्षमता भएको सुधार गृहमा १ सय ९३ जना बालक रहेका छन् ।

जेठ २ गते पहिलो पटक एक जना बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो त्यस पछि थप दुइजनालाई पोजेटिभ आएपछि पिसिआरको दायरा बढाईएको थियो । बाँकी बालकको पनि पिसिआर परिक्षण गर्ने तयारी गरिएको महनगरपालिकाले जनाएको छ ।

बालगृह भित्र रहेको बालकहरुमा ज्वरो खोकी रुघा सामान्य लक्षण देखिए पछि पिसआर परिक्षण गरिएको हो । पोजेटिभ आएका बालकलाई छुट्टै आइसोलेसनमा राखिएको सुधार गृहका प्रमुख मिलन चौहानले जानकारी दिनु भयो । पीसीआर परिक्षणको रिपोर्ट ढिलो आएकोे र अन्य बालकको परीक्षणमा ढिलाई भएको चौहानले बताउनु भयो ।

संक्रमण पुष्टि भएका बालकहरुलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ । क्षमता भन्दा बढी एउटै कोठामा २५ जना सम्म बालबालिकार्ला राखिएको छ । सो सुधार गृहमा १४ वटा जिल्लाका बालकहरुरहेका छन् अदालतको आदेश पछि उनिहरुलाई यस गृहमा राखिन्छ । १४ बर्ष देखि १८ बर्ष समुहका बालकहरु बाल सुधार गृहरमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment