इलाममा थप २८ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु


इलाम, २२ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप २८ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । आज थपिएका २८ संगै इलाममा संक्रमितको संख्या १२७९ पुगेको छ । 

आज संक्रमित हुनेमा इलाम नगरपालिकाका ३ जना पुरुष १ जना महिला, सूर्योदय नगरपालिकामा ५ महिला १४  पुरुष, माङसेवुङ गाउँपालिकामा १ महिला १ पुरुष,   चुलाचुली गाउँपालिकामा १  र फाकफोकथुम गाउँपालिकामा २ पुरुष रहेका छन् । 

इलाममा थप २ जनाको मृत्यु

इलाममा आज थप २ जनाको  मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिका ८ का ८९ वर्षिय पुरुष र माङसेवुङ गाउँपालिका ३ का ५५ वर्षिय पुरुष रहेका छन् । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ  । हालसम्म मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ७ जना, इलाम नगरपालिकाका ९ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ९ जना, माई नगरपालिका १ जना, माङसेवुङ गाउँपालिकाका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा अहिले सम्म १२७९  जना संक्रमित भएका छन् ।  हाल सम्म इलाममा  कोराना संक्रमण मुक्तहुनेको संख्या ४७७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment