
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७३३ जनाको परीक्षण गर्दा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ४७१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार २४ जना र ३ हजार २६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १ हजार ६८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोनामुक्त भए, ९९ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६३६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ७३३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३२ लाख १३ हजार ०१३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ९९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।
0 comments:
Post a Comment