इलाममा जंगली च्याउ खाँदा ४ जना विमारी, दुई जनाको अवस्था गम्भिर


इलाम, २३ जेठः इलाममा जंगली च्याउ खाएर ४ जना विमारी परेका छन् । दुई जनाको अवस्था गम्भिर रहेको छ ।  इलामको  सन्दकपुर गाँउपालिका १ खोलाघारी बस्ने बर्ष ५२ को जित बहादुर राई र सोही स्थान बस्ने बर्ष ५० को टिका बहादुर राईले जङगलि च्याउ ल्याई ईलाम नगरपालिका ३ पुवामझुवा बस्ने बर्ष ३५ को बिरमान राईको घरमा ल्याई च्याउ पकाई खाएकोमा निज बिरमान राई र निजको श्रीमति बर्ष ३२ कि बिष्णु कुमारी राई समेत बिरामि भई ४  जनालाई जिल्ला अस्पताल इलाममा ल्याईएकोमा निजहरुको इलाम अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागी झापाको वि एड सी अस्पताल  रेफर गरेकोमा हाल ४ जनाको सोही अस्पतालमा उपचार भई रहेको छ ।  उपचारमा रहेका जित बहादुर राई र टिका बहादुर राईको अवस्था गम्भिर तथा बिरमान राई र निजको श्रीमति बिष्णु कुमारी राईको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment