इलामेहरुको भरोसा बन्दै मलमपट्टी अभियान


इलाम, २४ जेठः  कोराना भाइरसको संक्रमणबाट पीडित बनेकाहरुको सहयोगका लागि विश्व भरका इलामेलीहरुले पठाएको झण्डै १८ लाख रुपैयाँको इलामका स्थानीय तहमा सामाग्री प्रदान गर्दै मलमपट्टि अभियान सन्चालन गरिएको छ  ।

अझै रकम सहयोग गर्नेहरु अग्रसर भई रहेको र उठ्ने क्रम जारी रहेको पनि अभियान्ता निरोज खड्गीले वताएका छन् ।

 इलामेहरुको पीडामा सहयोग गर्ने गरि मल्हम पट्टी अभियान सन्चालन गरिएको हो  । इलाम उद्योग वाणिज्य, नेपाल रेडक्रस सोसाईटी ईलाम , नेपाल पत्रकार महासंघ इलाम शाखा, सामाजिक व्याक्तित्व निरोज खड्गी, लगायतको टिमले अभियान सन्चालन गर्दै रहेको छ। 

सहयोग कार्यक्रम अन्तरगत आईतबार एक कार्यक्रमका बिच माई नगर अस्पताललाई एक थान ईसिजी मेसिन प्रदान गर्ने गरिएको अभियानका अभियान्ता निरोज खड्गीले बताउनु भयो  । ईसिजी मेसिन रेडक्रस दानाबारीका पुर्ब सभापति कृष्ण खाकीले माईका मेयर दिपक कुमार थेवेलाई हस्तान्तरण गर्नु भएको थियो  ।

शुक्रबारनै माई स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेललाई माक्स, सेनिटाईजर, थर्मल गन, अक्सिमिटर लगायतका सामाग्री प्रदान गरेको जनाईएको छ  । 

अभियान अन्तर्गत जिल्लाका ९ स्थानीय तहका स्वास्थ्य कार्यालयलाई १  लाख ४० हजारका दरले तथा जिल्ला अस्पताल इलामलाई ६  लाख मुल्य बराबरको सामाग्री सहयोग गरिएको अभियन्ता खड्गीले जानकारी दिनुभयो  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment