इलाममा एकै दिन थपिए ४३ संक्रमित


इलाम । इलाममा आज एकै दिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयको दैनिक कोरोना संक्रमितहरुको अध्यावधिक विवरण अनुसार इलाम नगरपालिका र माई नगरपालिकामा आज मात्रै १६/१६ जना संक्रमित थपिए । रोङ गाउँपालिकामा ७ जना, सूर्योदयमा २ जना तथा माङसेबुङ र सन्दकपुरमा १/१ जनामा संक्रमण देखिएको हो ।

जिल्लामा हालसम्म १ हजार ६ सय ७० जनामा संक्रमण देखिएकोमा १ हजार २ सय ३६ जनाले संक्रमण पुरास्त गरेका छन् । ४० जनाको कोरोनाका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा सूर्योदय नगरपालिकामा १३ जना र इलाममा ११ जना छन् । चुलाचुलीमा ९ जना, माङ्सेबुङमा ३ जना, माईजोगमाईमा २ जना तथा माई नगरपालिका र देउमाई नगरपालिकामा १/१ जना रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment