झापामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा


झापा । झापामा गत बैशाख २२ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जेठ २१ गतेसम्मका लागि लगाइएको निषेधाज्ञा पुनः जेठ मसान्तसम्मका लागि लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

जारी निषेधाज्ञा एक महिना पुगिसक्दा पनि जिल्लामा कोरोना संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो ।

बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खुलाउने निर्णय गरेको छ । हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म पसल खुलाउन पाउने निर्णय गरेको जनाइएको छ ।

ती सामानहरूको होम डेलिभरी सेवा भने यथावत् राखिएको छ । साथै वित्तीय संस्थाको हकमा हप्ता तीन दिने खुलाउन पाउने निर्णय गरेको छ । विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment