
काठमाडौँ । पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई आइरहेको ज्वरो कम हुदै गइरहेको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार हाल ज्वरो नियन्त्रणमा आएको र स्वास्थ्यमा पनि सुधार भइरहेको छ । उनलाई चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’
भट्टराईका अनुसार अपोलो अस्पतालमा निर्भीक खनालसँग बुझ्दा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा सुधारोन्मुख देखिएको हो ।
खनाललाई गत सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनलाई थप उपचारका लागि असार २ गते दिल्ली लगिएको हो।
0 comments:
Post a Comment