
काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा हराएको छ ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको हो।
खेलको १३ औँ मिनेटमा अर्जेन्टिनाका लागि रिकार्डो रोड्रिगेजले गोल गर्दै अग्रता लिएका थिए । रोड्रिगेजले कप्तान लिओनल मेसीको पासमा गोल गरेका हुन्।
४७औं संस्करणको कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २-२ को बराबरी खेलेको थियो ।
0 comments:
Post a Comment