कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि, ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइने


काठमाडौँ । चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल आज (मंगलबार)देखि लगाउन सुरु गरिँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक गौतमले देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराउनुभयो ।

नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । डा। गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो ।

उहाँले हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताउनुभयो । हिमाली क्षेत्रमा पटक–पटक खोप पु(याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

उहाँले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गर्नुभयो । डा गौतमका अनुसार यो पटक लक्षित समूहबाहेक अन्य व्यक्ति तथा समूहलाई प्राथमिकताका आधारमा खोप लगाइनेछैन । यसअघि त्यसरी खोप लगाउँदा लक्षित समूहलाई नपुगेकाले यो पटक लक्षित समूहलाई मात्र खोप दिन लागिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment