एक नम्बर प्रदेश सभाको बजेट अधिवेशन सुरु

विराटनगर । प्रदेश १ को प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन प्रदेश सभा भवनमा विराटनगरमा सोमवार देखि शुरु भएको छ ।

कोरोना महामारीका बीच शुरु भएको बजेट अधिवेशनमा सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बजेट अधिवेशन आव्हानको पत्र पढेर अधिवेशनको शुरु गर्नुभएको थियो ।

सो बजेट अधिवेशनमा आर्थिक कार्यविधि ऐन २०७४ को दोश्रो संशोधन सम्बन्धी अध्यादेश र प्रदेश सभा नियमावली २०७४ को उप नियम निलम्बन सम्बन्धी प्रस्ताव पेश गरिएको छ । बजेट प्रस्तुत गर्नु १५ दिन अघि पूर्व बजेट छलफल गर्नुपर्ने कानुनी बाध्यता हटाउन अध्यादेश ल्याइएको आर्थिक मामिला तथा योजना मंत्री टंक आङ्बुहाङले जानकारी दिदै अध्यादेश पेश गर्नुभएको थियो ।

यसैगरी सांसद विमल कार्कीले प्रदेश सभा नियमावलीमा उल्लेख भएको १५ दिन अघि पूर्व बजेट छलफल सक्नुपर्ने प्रावधान हटाउन प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्ताव बहुमतले पास भएको छ ।

सो अधिवेसनमा प्रदेश १ का विपक्षी दलहरु सरकार विरुद्ध खरो रुपमा प्रस्तुत भएकाछन् । विपक्षी दलका नेताहरुले सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको ,संघिय सरकारको साथ दिएको ,कोरोना माहामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका छन् ।

तत्काल उनीहरुलाई खोप उपलब्ध गराउन र निषेधाज्ञाका कारण प्रभावित जनताहरुलाई राहत प्याकेज ल्याउन विपक्षी दलका सांसदहरुले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्य मंत्री राईले नेकपा विभाजनलाई कोभिडको संज्ञा दिदै राजनीतिमा कोभिड चांडै फैलिएको बताउनु भएको छ ।

उहाँले प्रदेश १ पनि कोभिड बाट प्रभावित बनेको बताउनु भयो । विपक्षी दलका नेताहरुले राखेको जिज्ञासाको जवाफमा मुख्य मंत्री राईले कोरोना माहामारीका कारण प्रदेश सभा बैठक ढिलो
बोलाइएको बताउनु भएको छ ।

प्रदेश सभाको अर्को बैठक जेठ २५ गते मंगलबार सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment