
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ९१३ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १२ हजार २०४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ जना र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोनामुक्त भए, ४१ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९५४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ९१३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख ३९ हजार ६४५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ ।
0 comments:
Post a Comment