सर्वोच्चले भन्यो, ‘साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको दोस्रो डोज खोप दिनु’


काठमाडौं । सर्वोच्च अदालतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोभिशिल्डको पहिलो डोज लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिशिल्ड खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो डोज खोप लगाइसक्नुपर्ने छ ।

गत फागुनमा नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएका थिए, तर १२ हप्ता नाघिसक्दा पनि दोस्रो डोज खोप कहिले लगाउने भन्ने सुरसार नै छैन ।

अर्जुनराज गिरीलगायतले सर्वोच्च अदालतमा ज्येष्ठ नागरिकलाई खोप माग्दै रिट दायर गरेका थिए । सर्वोच्चले सोही रिटमा सुनवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment