पाँचथरकाे कुम्मायक गाँउपालीका ५ की सुत्केरी महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । २५ वर्षीया महिलाकाे झापाकाे बिर्तासीटी अस्पातालमा निधन भएको हो । उनी १० दिनकी सुत्केरी महिला हुन् ।
असार ४ गते एन्टिजेन्ट परीक्षण गर्दा ती महिलालाई कोरोना संक्रमण देखिएको थियो । अक्सिजनको मात्रा कम भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । स्वास्थ्यमा जटिलता थपिएपछि थप उपचारको लागि उनलाइ बिर्तामोडको विर्तासिटी असपताल लगिएको थियो ।
विर्तासीटी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । महिलाको श्रीमान र नानीमा पनि कोरोना संक्रमण देखिएको छ । श्रीमान र बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जानकारी दिए ।
0 comments:
Post a Comment