मुलुकभर २०१६ जना नयाँ संक्रमित थपिए, ३० को मृत्यु


काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५१० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ११ सय ७४ जना र ४ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६३ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना कोरोनामुक्त भए, ३० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८१० जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख ८८ हजार १५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment