इलाम, १० असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप १६ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १६ जना थपिए संगै संक्रमितको संख्या १ हजार ७ सय १८ पुगेको छ ।
आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा १ पुरुष, सूर्योदय नगरपालिकाका २ महिला १ पुरुष माई नगरपालिकामा ४ महिला ८ पुरुष, रहेका छन् ।
इलाममा कोरोना संक्रमणको कारण हाल सम्म ४२ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ३ सय ९२ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् ।
0 comments:
Post a Comment