
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६४० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ९ जना र ४ हजार ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोनामुक्त भए, ४२ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६४० जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ९ हजार ६२८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।
0 comments:
Post a Comment