युरो कप : पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौं । बेल्जियम युरोपेली च्याम्पियनसिप (युराे कप) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ४२ मिनेटमा मेउनियरले हजार्डको पासमा गोल गरेका थिए ।

लुकाकु, केभिन डे बुएन र इडिन हजार्डले उत्कृष्ट पास खेलेपछि मुनियरले बल पाएका थिए। जसमा उनले थोर्गन हजार्डलाई पास दिन सफल भए।अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

रोनाल्डोले यस संस्करणको ४ खेलमा ५ गोल गर्ने क्रममा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाए । युरो कपमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गराएका रोनाल्डोले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान पनि बराबरी गरे ।

रोनाल्डोले सन् २००४ यता युरोको ५ संस्करणमा खेल्ने कीर्तिमान आफ्नो नाममा गरे । यसक्रममा उनले हरेक संस्करणमा गोल गर्दै कुल गोल संख्या १४ पुर्याए । उनले प्रतियोगितामा २५ खेल खेल्दै सबैभन्दा अनुभवी खेलाडीको कीर्तिमान पनि राखे ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment