
विराटनगर । गाँजा तस्करमा संलग्न तीन भारतीय सहित ५ जनालाई मोरङ प्रहरीले विराटनगरबाट प्रक्राउ गरेको छ । विराटनगरमा चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रक्राउ पर्नेमा भारतको समोल पञ्चायत फार्बिजगन्जका सोनुकुमार यादव, अररिया पिर्पाघाट पञ्चायत विशनपुरका जयराम यादव, अररिया नरगथगन्ज सोनापुरका रन्जित भन्ने प्रिन्स विचितर कुमार राई त्यस्तै सुनसरीको देवनगन्ज गाँउपालिका १ का उमेश यादव र धनकुटाको सहिदभुमि गाँउपालिका १ का रुद्र राई पनि पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रिन्स विचितर कुमारको साथबाट प्रहरीले नेपाली नगद ७ लाख १६ हजार ६ र २ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको को १ च २४१२ नम्बरको मारुती भेन र चालक सुनसरी धरानका सुर्य राइलाई समेत पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं. ५ रामपुर स्थित झाडीमा लुकाइएको अवस्थामा १८ केजी गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राइले जानकारी दिनु भयो ।
पक्राउ परेका पाचै जनालाई लागु औषध मुद्यामा म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रह्रीले जनाएको छ ।
0 comments:
Post a Comment