इलाममा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु, १४ संक्रमित थपिए


इलाम, ६ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप १४ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १४ जना थपिए संगै संक्रमितको संख्या १ हजार ६ सय १ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ५ जना महिला २ पुरुष,  चुलाचुली गाउँपालिकामा १ पुरुष र फाकफोकथुम गाउँपालिकामा ५ महिला १ पुरुष रहेका छन् ।

थप दुई जनाको मृत्यु 

इलाममा कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली ५  का ५३ वर्षिय पुरुष सूर्योदय ९ का ७५ वर्षिय पुरुष रहेका छन् । हाल सम्म ४० जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार १ सय ६९ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment