इलाममा थप १९ जनामा कोरोना संक्रमण, थप एककोे मृत्यु


इलाम, २७ जेठः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप १९ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १९ जना थपिए संगै संक्रमितको संख्या १४ सय २४ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकाका २ महिला, सूर्योदय नगरपालिकामा १ महिला, माइजोगमाई गाउँपालिकामा १ महिला, रोङ गाउँपालिकामा ६ महिला ९ पुरुष थपिएका छन् ।

इलाममा थप एक को मृत्यु 

इलामा आज कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिकाका एक जना रहेका छन् । इलाममा हाल सम्म ३२ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म ५५५ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment