इलाममा थप २३ जनामा कोरोना संक्रमण, थप एककोे मृत्यु


इलाम, २९ जेठः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप २३ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज २९ जना थपिए संगै संक्रमितको संख्या १४ सय ६१ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकाका २ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला, २ पुरुष रोङ गाउँपालिकामा ७ महिला १० पुरुष थपिएका छन् ।

इलाममा थप एक को मृत्यु 

इलामा आज कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई गाउँपालिकाका एक जना महिला रहेका छन् । इलाममा हाल सम्म ३४ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म ६७५ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment