पारीवारीक निजी वन संघ इलामद्वारा इलाम अस्पताललाई आइ भी स्ट्यान्ड हस्तान्तरण


इलाम, २९ जेठः पारीवारीक निजी वन संघ जिल्ला साखा इलामले  इलाम अस्पताललाई आइ भी स्ट्यान्ड हस्तान्तरण गरेको छ । इलाम अस्पतालको ईमर्जेन्सी सेवामा आइ भी स्ट्यान्डको अभाव भएपछि वितरण गरिएको निजि वन संघ इलाम शाखाका अध्यक्ष रविन्द्र सुवेदीले बताए । 

जिल्ला युवा समिति इलामका अध्यक्ष प्रकाश घिमिरे, अनेरास्ववियु इलामका अध्यक्ष मिलन खत्री, एपोलो हस्पिटल ईलामका सुसान्त चापागाईंको उपस्थितिमा इलाम अस्पतालका अस्पताल व्यवस्थापक क्षितिज खतिवडा र इमर्जेन्सी सेवाका इन्चार्ज टीका लुइँटेललाई  संयुक्त रूपमा आई भी स्ट्यान्ड हस्तान्तरण गरिएको हो । पारिवारिक निजि वन ईलामका किसानले संकलन गरेको र केन्द्रीय कार्य समितिको सहयोगमा १७५०० वरावरको स्कृनवाला आइ भी स्ट्यान्ड हस्तान्तरण गरिएको निजि वन संघ इलाम साखाका अध्यक्ष  सुवेदीले बताए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment