विश्वकप छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित


काठमाडौँ । फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत  अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो ।

खेलको ४५औँ मिनेटमा अनुभवी डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपालले त्यसपछि अष्ट्रेलियालाई एक गोलमा रोकेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।

१० खेलाडीमा सिमित नेपालका लागि गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दा थप गोल खानबाट जोगियो। नेपालले पहिलो हाफभन्दा दोस्रो हाफमा सुधारिएको खेल खेलेको थियो। अष्ट्रेलियाले नेपाली गोल पोस्टमा लगातार आक्रमण गर्दा नेपालले अष्ट्रेलियाको पोस्ट आक्रमण नै गर्न सकेन। अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ ।

नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment