इलाममा असार १४ सम्म थपियो निषेधाज्ञा


इलाम, ७ असारः जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि भइरहेको निषेधाज्ञा अवधि असार १४ सम्मलाई बढाएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको सिफारिसमा सिडिओ ध्रुवबहादुर खड्काले निषेधाज्ञा थपिएको आदेश जारी गरेका हुन्।

तर, अहिलेसम्म बन्द रहेका पुस्तक तथा स्टेसनरी, लत्ताकपडा, घरायसी प्रयोगका सामग्री राखिने पसल, निर्माण सामग्री र घरायसी विद्युतीय सामग्रीलगायत केही पसल अब खुला गरिएको छ। बिहान ७ देखि ११ बजेसम्म खुला राख्न पाइने खाद्यान्नलगायतका यी पसल अब दिउँसो १ बजेसम्म खुला राख्न सकिने भएको छ। 

जिल्लामा कोरोना संक्रमणदर केही घटेपछि निषेधाज्ञा थोरै खुकुलो बनाइएको हो। तर, निषेधाज्ञा अवधिभर बाहिरबाट जिल्ला भित्रिने तथा जिल्लाभित्र चल्ने सबैखाले सार्वजनिक यात्रुबाहक तथा निजी सवारी साधन चल्न पाउने छैनन्। भिडभाड हुने सबैखाले हाटबजार, मेला, जात्रा, प्रतियोगिता, सभा–सम्मेलन, भेलालगायत बन्द गरिएको छ। सार्वजनिक निकाय, संस्थान, बैंक तथा वित्तीय संस्था, बिमा कार्यालयले प्रवाह गर्ने अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको छ भने नित्यपूजाबाहेक धार्मिकस्थलमा गरिने सबै कार्यक्रम रोकिएका छन्। 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment