इलाममा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ सय ९४ पुग्यो


इलाम, ९ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप २४ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज २४ जना थपिए संगै संक्रमितको संख्या १ हजार ६ सय ९४ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा १ जना महिला  सूर्योदय नगरपालिकामा १ महिला ४ पुरुष, माङसेवुङ गाउँपालिकमा ७ महिला ३ पुरुष माई नगरपालिकामा २ महिला १ पुरुष, रोङ गाउँपालिकमा २ महिला १ पुरुष,  र देउमाई नगरपालिकमा २ महिला रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४० जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार २ सय ४६ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment