नेपालमा संक्रमितको संख्या फेरि बढ्न थाल्यो, २७६९ जनामा संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो समय मुलुकभर दैनिक कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९८५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार १३० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८ सय ५७ जना र ३ हजार ८५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १७ जना कोरोनामुक्त भए, ३३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार १७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ९८५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ४३ हजार ९२९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment