एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मत्यु, एम्बुलेन्स चालक घाइते


कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेर उपचारका लागि जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको घटनास्थलमा नै मृत्यु भएको छ । मादी–९ स्थित खहरे खोलामा आज विहान ९ बजे एम्बुलेन्समाथि पहिरो खस्दा ८३ वर्षीया बिरामी गोमा अधिकारीको मृत्यु भएको हो ।

उक्त घटनामा परी एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । एम्बुलेन्समाथि पहिरो खसेपछि त्यहाँ रहेका बिरामीका आफन्त, सहचालक र चालक भागाभाग गर्दा चालकलाई एकसय मिटर तलसम्म बाढीपहिरोले बगाएर घाइते बनाएको थियो ।

एम्बुलेन्समा सवार सहचालक मिनबहादुर पराजुली र विरामीका आफन्त प्रभात अधिकारीसहित दुईजनालाई भने सकुशल नै रहेका छन् । हिजो बेलुकादेखि नै वृद्ध आमालाई विमारले च्यापेपछि पोखरा आउन खोजेका आफन्तहरु ठूलो पानी परेका कारण आज विहानमात्र पोखराका लागि हिडेका थिए ।

खोलामा बाटो बिग्रिएपछि ट्याक्टरले खाल्डाखुल्डी पुर्ने काम गरिरहेको थियो । सोही अवस्थामा खहरे खोला नजिक पुगेको एम्बुलेन्समाथि एक्कासि बाढीपहिरो खसेको स्थानीय ओमप्रसाद गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार घाइते चालक अधिकारीलाई थुम्सीकोट स्वास्थ्य चौकीमा सामान्य उपचार गराएर पोखरा सिशुवास्थित अस्पताल पठाइएको छ ।

न्युज24नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment