इलाममा फेरी वढ्यो कोरोना संक्रमण आज एकै दिन थप ४४ जनामा संक्रमण


इलाम, १७ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ४४ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ४४ जना थपिए संगै संक्रमितको संख्या १ हजार ८ सय ८७ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ६ महिला  ७  पुरुष, सूर्योदय नगरपालिकमा ५ महिला ५ पुरुष, माङसेवुङ गाउँपालिकामा १ महिला, माइ नगरपालिकामा १ पुरुष, रोङ गाउँपालिकामा १ महिला ३ पुरुष, चुलाचुली गाउँपालिकामा १ पुरुष, देउमाई नगरपालिकामा १ महिला १ पुरुष, सन्दकपुर गाउँपालिकमा ७ महिला, ५ पुरुष  रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४८ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ४ सय ९९ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment