
विराटनगर । भारत देखि अवैधरुपमा तस्करी गरेर ल्याएको ७० बोरा चिनी सहित ट्रक र सवारी चालकलाई सशस्त्र प्रह्री बल बोर्डर आउट पोष्ट दरैयाले पक्राउ गरेको छ ।
बिहिवार दिउसो बिओपी दरैयाले विराटनगर ६ ब्रम्हापुरादेखि अवैध रुपमा भित्राएको चिनी सहित को १ ख २१२९ नम्बरको मिनी ट्रक र सुनसरी देवनगन्ज गाँउपालिका २ का सवारी चालक राजेश कुमार खत्वीलाई नियन्त्रमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले जानकारी दिनु भएको छ ।
भारत देखि तस्करी गरेर आएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको र भंसार छली अवैधरुपमा विराटनगर ल्याउदै गरेको भन्ने सुचनाको आधारमा सशस्त्र प्रह्रीले ब्रम्हापुरादेखी पक्राउ गरेको हो ।
यसरी तस्करी गरेर ल्याइएको चिनी पुर्वका विभिन्न सहरमा विक्री गर्ने गरेको पाइएको छ ।
प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मुल्य बराबरको रहेको र भंसार कार्यालय विराटनगरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment