बालुवाटारमा कांग्रेसको ४ घन्टा बैठक : पूर्वनिर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय

काठमाडौं । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ४ घन्टा लामो बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले पूर्वनिर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसअघि तोकिएको आगामी भदौ १६ देखि १९ गतेको महाधिवेसन उक्त समयमै गर्ने र साउन १२ गतेबाट वडा अधिवेशन गर्ने निर्णय भएको छ ।

साथै, कांग्रेसले १४ औं महाधिवेशन केन्द्रित तीन विषयमा छलफल गरेको छ । निर्वाचन समिति, नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति र समायोजन समितिका विषयमा छलफल भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार क्रियाशील सदस्यता सम्बन्धीत कार्य सम्पन्न भएको छ । कांग्रेसको क्रियाशील सदस्यता देशभित्रका ८ लाख ५२ हजार र विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य रहेको जानकारी दिदै क्रियाशील सदस्यतासम्बन्धी विवाद लगभग सकिएको उनको भनाई छ ।

कांग्रेसको वडास्तरको अधिवेशन साउन १२ गते सुरु गर्ने भनिए पनि उक्त मिति केही सार्न सक्ने विषयमा पनि छलफल भएको लेखकले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment