मुलुकभर थप २९३६ जनामा कोरोना पुष्टि, ४३ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार १८२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६ जना र ४ हजार ५६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना कोरोनामुक्त भए, ४३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार १८२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३७ लाख १२ हजार ८२२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment