इलाममा थप ४७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९९ पुग्यो


इलाम, ३१ साउनः इलाममा थप आज ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि सवै भन्दा धेरै एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । लकडाउन खुकुलो बनाए सँगै इलामा कोरोनाको ग्राफ ह्वत्तै वढेर गएको छ । इलामा कोरोना संक्रमितको संख्या २४९९ पुगेको छ । 

इलामा आज इलाम नगरपालिकामा ७ महिला १० पुरुष, सूर्योदय नगरपाकिलामा ३ महिला ६ पुरुष,  देउमाई नगरपालिकामा ५ महिला ४ पुरुष, रोङ गाउँपालिकामा ३ महिला ४ पुरुष, फाकफोकथुम गाउँपालिकामा १ महिला २ पुरुष र माई नगरपालिकामा २ पुरुष रहेका छन् । 

इलामा कोरोना संक्रमणको कारण ५७ जानाले ज्यान गुमाई सकेका छन् । इलामा अजाको डाटा अनुसार ५४७ जाना सक्रिय संक्रमित रहेका छन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment