संसद्मा प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ सांसदले दिए मत


काठमाडौं । फागुन २९ गते प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ ।

आइतबार नयाँबानेश्वरस्थित संसद् भवनमा विश्वासको मत माग्दा देउवाले १६५ सांसदको मत पाउनुभएको हो ।

विपक्षमा ८३ मत परेको थियो भने तटस्थतर्फ १ मत परेको छ ।

उपस्थित सांसद संख्या २४९ रहेकोमा विपक्षमा ८३ मत परेको थियो भने तटस्थतर्फ १ मत परेको छ । प्रधानमन्त्री देउवाले बहुमतका लागि आवश्यक १३६ मतभन्दा बढी विश्वासको मत पाएका छन् ।

प्रतिनिधिसभा बैठक साउन ८ सम्म बैठक स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment