
काठमाडौं । विश्वासको मत मागेपछि पनि पुनः प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भनाइ राख्नुभएको छ ।
विश्वासको मत मागे पछि संसद् भवनमा सबैले बोलेपछि पुनः आफ्नो मन्तव्य राख्नेक्रममा संसद् विघटनको कुरा उप्काउनुभयो ।
उहाँले राति दुई बजे संसद् विघटन गर्दा राष्ट्रपतिलाई कति बाध्य पारियो होला भन्दै ठट्टा पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दुई बजे राति कहीँ संसद् विघटन गर्छ कसैले ? प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बजे राति संसद् विघटन गर्दा राष्ट्रपति जी सुत्न पाउनुभएन होला । विचरा ! उहाँलाई कस्तो बाध्य पार्नुभयो होला ! त्यसकारण हेर्दाखेरी नै कस्तो लाग्छ । खै, शब्दमा कसरी के भन्ने ।’
प्रधानमन्त्री देउवाले यसो भनेपछि हलमा हाँसो चल्यो । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवहरु पनि हाँसेका थिए ।
यसअघि आफूलाई विश्वासको मत दिने जसपाका अध्यक्ष महन्थ ठाकुर समूहलाई पनि उहाँले धन्यवाद प्रकट गर्नुभयो ।
विश्वासको मत पाएपछि आफ्नो पहिलो ध्यान कोरोना खोपमै रहने पनि उहाँले बताउनुभयो । ‘मेरो एउटै ध्यान हुनेछ– खोप, खोप, खोप ।’
0 comments:
Post a Comment