इलामा थप ५६ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


इलाम, ३ साउनः इलाममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अजा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी भए सँगै इलाममा संक्रमितको संख्या २५५५ पुगेको छ । 
आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका १७ महिला १५ पुरुष, सूर्योदय नगरपालिकका ५ महिला १५ पुरुष, देउमाई नगरपालिकामा २ महिला ३ पुरुष, सन्दकपुर गाउँपालिकामा २ महिला १ पुरुष र माइजोगमाई गाउँपालिकामा १ जना महिला रहेका छन् । 
थप एक जनाको मृत्यु 
कोरोना संक्रमणको कारण इलाममा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका १० का ७२ वर्षिय पुरुष रहेका छन् । इलाममा हाल सम्म कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले ६०५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ५९० जना होम आइशोलेसनमा सामान्य उपचारमा १० जना र ५ जनाको आइ सी युमा उपचारमा रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment