मुलुकभर थप १८०१ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६२८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६२८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २२३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना कोरोनामुक्त भए, २३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६२८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३७ लाख ३२ हजार ५१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment