भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सांसद् पदबाट राजीनामा दिन संसद सचिवालयमा आएका उनलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरुले रोक पनि नयाँ बानेश्वरस्थित संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने उनले तयारी गरेको बताए ।

पार्टी एकता गर्नका लागि १० बुँदे सहमतिमा ओली समूहबाट सकारात्मक देखिएको तर, माधव नेपालबाटै पूर्ण अस्विकार गरिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिन लागेको बताए । उनका अनुसार आफू पार्टी एकताको पक्षमा उभिदा पार्टीभित्रै अनैतिक राजनीति हुन थालेपछि पदबाट राजीनामा दिन बाध्य भएको उनले सुनाए ।

साथै, नेपालनिकट सांसदहरुले पदबाट राजीनामा नदिन दबाब दिए पनि उनले पदबाट राजीनामा दिने घोषणा गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment